QUICK LINKS

   क्वान यिन ध्यान विधि

  शाकाहारी भोजन

  प्रश्न उत्तरहरु

  पन्चिशल

  नेपाली नमुना पुस्तिका

  खबरपत्रिकाहरु डाउनलोड गर्नुहोस्

  महावाणीहरु

  प्राय:जसो सोधिने प्रश्नहरु

  परम गुरु चिङ हाईका किताबहरु

  रियल प्लेयरमा प्रवचनहरु सुन्नुहोस्

  भित्ते चित्रहरु

  विश्वभिरका सेन्टरहरुका ठेगाना



   

परम गुरु चिङ्ग हाईको संक्षिप्त जीवनी

परम गुरु चिङ्ग हाईको जन्म औलाक -भियतनाम) को एक धनाढ्य तथा प्रतिष्ठित प्राकृतिक चिकित्सकको परिवारमा भएको थियो । वहाँ आफू क्याथोलिक -क्रिश्चियन) वातावरणमा हुर्केकी भएपनि वहाँले आफ्नो हजुरआमाबाट बौद्ध धर्मबारे प्रारम्भिक ज्ञान हासिल गर्नुभएको थियो । वहाँ वाल्यकालदेखि नै दर्शनशास्त्र र धार्मिक उपदेशहरूमा असामान्य रुचि राख्ने र साथ-साथै सबै चेतनशिल प्राणिहरू प्रति असाधारण कृपालु दृष्टिकोण राख्ने गर्नुहुन्थ्यो ।

अठार वर्ष हुँदा परम गुरु चिङ्ग हाई अध्ययनका लागि इङ्गल्याण्ड जानुभयो र त्यसपछि रेडक्रसमा काम गर्नका लागि फ्रान्स र जर्मनी जानु भई एक जर्मन वैज्ञानिकसंग विवाह गर्नुभयो । दुई वर्षको सुखद वैवाहिक जीवनपछि आफ्नो वाल्यकाल देखिको आदर्शको परिपूर्ति गर्न वा आत्मज्ञानको खोजी गर्नका लागि आफ्नो श्रीमानसंग स्वीकृति लिई यस वैवाहिक जीवनलाई परित्याग गर्नुभयो । अनि आफ्ना शिक्षक तथा गुरुहरूका निर्देशनमा धेरै प्रकारका ध्यानाभ्यास तथा अनुशासनहरू अध्ययन गर्नु वा सिक्नु भयो । त्यसबाट वहाँलाई यस कुराको ज्ञान भयो कि एक व्यक्तिद्वारा मात्र यस दुःखी मनुष्य जातिलाई सहायता गर्नु निर्रथक छ, त्यसैले मनुष्यजातिको उद्धार गर्नु भनेको आफैंले सत्यको साक्षात्कार गर्नु र पूर्ण आत्मज्ञान प्राप्त गर्न सक्नु हो भन्ने निश्चित गर्नुभयो । यसैलाई आफ्नो एकमात्र लक्ष्य मानी आत्मज्ञानको सम्पूर्ण तरीकाको खोजी गर्न वहाँले विभिन्न देशहरूमा भ्रमण गर्नुभयो ।

धेरै वर्षको कठिन जाँच, परिक्षा र कष्टहरूपछि मात्र अन्त्यमा परम गुरु चिङ्ग हाईले क्वान यिन विधिद्वारा हिमालयमा दैवीय शक्तिको प्रेषण पाउनुभयो । हिमालयमा शिविरको दौरान, केही वर्षको अथक परिश्रम तथा अभ्यासपछि वहाँले सम्पूर्ण आत्मज्ञान प्राप्त गर्नुभयो अर्थात् सत्यको साक्षात्कार गर्नुभयो ।

परम गुरु चिङ्ग हाईले साक्षात्कारको केही वर्षसम्म शान्त तथा बौद्ध भिक्षुणीको जीवन बिताउनुभयो । जबसम्म मानिसहरूले वहाँबाट निर्देशन वा दीक्षा आदिको चाहना गरेनन् तबसम्म लजालु स्वभावका कारण वहाँले बहुमूल्य खजानालाई गोप्य नै राख्नुभयो तर फर्मोसा -ताईवान) का पूर्व शिष्यहरू र अमेरिकाका अरु चेलाहरूका हठी आकांक्षा र प्रयत्‍नले गर्दा मात्र परम गुरु चिङ्ग हाईले विश्वभरि नै प्रवचन दिने तथा दशौं हजार इमान्दार आध्यात्मिक आकांक्षीहरूलाई दीक्षित गर्ने गर्नुभएको छ ।

आज विभिन्न देश तथा सबै धर्मका सत्य अन्वेषकहरू वहाँका परम ज्ञान सुन्न ओइरिरहेका छन् । पूर्ण इमान्दारीका साथ यस क्वान यिन तरीकाबाट परम ज्ञान प्राप्त गर्न तथा अभ्यास गर्न उत्सुक व्यक्तिहरूलाई परम गुरु चिङ्ग हाईले दीक्षा दिने र अरु आध्यात्मिक निर्देशन पनि दिने गर्नुहुन्छ । वहाँका अनुसार यो विधि उच्च र महान विधि हो ।