|
परम गुरु चिङ्ग हाईले सत्यको खोजीमा लाग्ने इमान्दार व्यक्तिहरूलाई दीक्षा दिने गर्नुहुन्छ ।
चिनियाँ भाषामा क्वान यिनको अर्थ ध्वनि -आवाज) तरङ्ग माथि ध्यान दिनु-अवलोकन गर्नु) हो ।
यस विधिमा अन्तरध्वनि र अन्तरज्योति दुवैको ध्यान गरिन्छ । यस्ता आन्तरिक अनुभवहरूका
बारेमा प्राचिन कालदेखि नै विश्वका सबै धर्मका आध्यात्मिक साहित्य-शास्त्र) हरूमा पटक-पटक बयान
गरिएका छन् ।
उदाहरणको लागि, इसाईहरूको धर्मग्रन्थ बाईबलमा "शुरूमा केवल शब्द थियो र शब्द परमेश्वरसंग
थियो, र शब्द नै परमेश्वर थियो -जोन १:१)" भनि उल्लेख गरिएको छ । यो शब्द नै अन्तरध्वनि हो ।
यसलाई लोगोस, शब्द, ताओ, ध्वनिप्रवाह, नाम वा दिव्य संगीत आदि पनि भनिन्छ । गुरु चिङ्ग हाई
भन्नुहुन्छ, "यो ध्वनि सबै जीव भित्र कम्पित हुन्छ र यसले सम्पूर्ण ब्रहृमाण्डलाई आश्रय दिएको छ ।
यस आन्तरिक लय-मधुर संगीत) ले सबै प्रकारका घाउहरू निको गर्न, सबै प्रकारका आकांक्षाहरू परिपूर्ण
गर्न र सबै सांसारिक तिर्खाहरू पनि मेट्न सक्दछ । यो पूर्ण शक्तिशाली छ र पूर्णरुपले यो प्रेम नै प्रेम हो ।
यसै ध्वनिबाट हामी सिर्जना भएकाले यसको सम्पर्कमा आउनासाथै हृदयमा शान्ति र सन्तोष प्राप्त हुन्छ ।
एकचोटि यस आवाजलाई श्रवण गरियो-सुनियो) भने हाम्रो सम्पूर्ण चेतनामा परिवर्तन आई जीवन माथि हेरिने
हाम्रो समष्टिगत दृष्टिकोणमा नै अत्यन्तै लाभदायक रुपमा परिवर्तन आउँछ ।"

|